२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको अर्थतन्त्रमा सुधार आएको प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन्। उनले सरकारले अर्थतन्त्रलाई लयमा लिएर हिँडिरहेको र केही समयमै सकारात्मक देखिने बताएका हुन्।

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक क्षेत्र चलायमान भइरहेको, बैंकको ब्याजदर घटेको र देशको राजश्व १० प्रतिशत वृद्धि भएका कारण देशको अर्थतन्त्र संकटमा नरहेको प्रष्ट पारे। उनले देशमा उत्पादन र स्वरोजगारमुखी क्षेत्रमा जनता उत्प्रेरित भइरहेकोसमेत बताए।

उनले देशमा विदेशी मुद्राको सञ्चिती गत वर्षभन्दा निकै उच्च रहेको बताए। उनले १२-१३ महिनासम्म पुग्ने खर्च सरकारसँग रहेको बताए। उनले पहिलेको भन्दा ३० प्रतिशत रेमिट्यान्स पनि बढेकाले अर्थतन्त्र उकासिएको बताए। 

कित्ताकाट खुलेपछि जग्गाको कारोबार बढेको उनले बताए। उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असरका सम्बन्धमा वैदेशिक सहयोग आउने क्रममा रहेको र उत्पादन, रोजगारमुखी र जनमुखी कार्यलाई सरकारले प्राथमिकता दिइरहेको बताए। 

उनले सरकारले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित गर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको बताए।