काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको साढे ६ दशकपछि नेपाल उक्त मिसनमा सैनिक पठाउने मुलुकको वरीयतामा एक नम्बरमा पुगेको छ ।
यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । नेपालबाट अहिले ६ हजार २ सय ४७ जना शान्ति सैनिक विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।
१ सय २० भन्दा बढी मुलुकले शान्ति मिसनमा सुरक्षाकर्मी पठाउँदै आएका छन् । नेपालपछि बंगलादेश ६ हजार १ सय ९७ शान्ति सैनिक खटाउँदै दोस्रो नम्बरमा परेको छ । भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ ।
यस्तै, चौथोमा रुवान्डा, पाँचौँमा पाकिस्तान, छैटौँमा इन्डोनेसिया, सातौँमा घाना, आठौँमा पाकिस्तान, नवौँमा इजिप्ट र दसौँ नम्बरमा मोरक्को छन् । यूएनले सन् २००१ देखि उक्त वरीयता निकाल्न थालेको हो । नेपाल शान्ति सैनिक पठाउने सूचीमा २०११ को अन्त्यसम्म नवौँ नम्बरमा थियो । सन् २०२१ मे ३१ मा नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर दोस्रो वरीयतामा पुगेको थियो ।
नेपाल सन् १९५५ मा यूएनको सदस्य बनेको थियो भने १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो ।