काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीको पेशागत सुरक्षामा सरकार गम्भीर रहेको बताएकी छन् ।
सोमबार नेपाल टेलिकमको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले कर्मचारीहरूको पेशागत, हक, हितको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको बताइन् ।
‘कर्मचारीको पेशागत सुरक्षामा सरकार गम्भीर छ । सेवा सुविधासम्वन्धि विभिन्न प्रस्तावहरू अघि बढेका छन् । धेरैभन्दा धेरै सेवा सुविधा दिने र काम पनि धेरैभन्दा धेरै लिने पक्षमा छौँ ।’