ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सुरु


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ।

बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्।

मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको र एपमार्फट २१ वटा अलर्ट र गुनासो पठाउन सकिने बताइएको छ।

महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ।

दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ। त्यस्तै कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिन्छ।

त्यसमा महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस