२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामगठबन्धन ‘लचक’ : प्रदेश प्रमुखमा घम्साघम्सी नगर्ने

अ+ अ-

काठमाडौं । वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सी’ नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले आफूखुसी निर्णय लिन खोजे बाटो खोलिदिने रणनीति एमाले–माओवादीले बनाएका हुन् ।

यो विकल्पमा एमाले(माओवादी अध्यक्षकै तहमा र दोस्रो पुस्ताका नेताबीच पनि छलफल भएको स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गत शुक्रबार अनौपचारिक छलफल भएको यो विषयले यसबीच दोस्रो तहका नेताहरूबीचमै प्रवेश पाइसकेको छ ।

प्रधानमन्त्रीले सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने एजेन्डामा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने मान्यताप्राप्त पाँचवटै दलका शीर्ष नेतालाई छलफलका लागि बिहीबार बालुवाटार बोलाएका छन् । बैठकमा सकभर सहमति खोज्ने र लगत्तै मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारीमा सरकार लागेको छ ।

एमाले–माओवादीले तत्काल राष्ट्रियसभा निर्वाचनको मिति तोक्न र प्रदेश प्रमुखलगायत विषयमा सहमतिका आधारमा निर्णय लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छन् । वाम गठबन्धनका तर्फबाट मंगलबार मात्रै पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई यो विषयमा ध्यानाकर्षण गराएका थिए ।

एमाले(माओवादीले अस्थायी मुकाम र प्रदेश प्रमुख राजनीतिक सहमतिका आधारमा टुंग्याउन सकिने पहिलो विकल्प बिहीबारको सर्वदलीय बैठकमा राख्ने तयारी गरेका छन् । ‘प्रदेश मुकाम तोक्ने कुरा प्रदेशसभाले गर्ने र प्रमुख नियुक्ति पनि सहमतिमै गर्नुपर्ने विषय हो तर सरकारले जसरी पनि गर्न खोज्यो भने हामी विवाद गर्ने पक्षमा छैनौं,’  माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले भने, ‘हामी घम्साघम्सी गर्दैनौं तर नयाँ सरकार गठनपछि निर्णय पुनर्विचार गर्छौं ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस