२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालयबाटै सुशासन ऐन उल्लंघन

अ+ अ-

काठमाडौं । सबै मन्त्रालय र सरकारी कार्यालयलाई प्रभावकारी र सुशासनयुक्त बनाउने महत्वपूर्ण जिम्मेवारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सुशासन ऐनको उल्लंघन गरेको छ। आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) स्वरूप करोडौं रुपैयाँ बाँड्ने मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले महिनौंसम्म पनि सार्वजनिक नगरी लुकाएर ऐन उल्लंघन गरेको हो।

सरकारले गत बिहीबार मात्र १ सय ५० जनाभन्दा धेरै व्यक्तिलाई ४ करोड रुपैयाँभन्दा बढी रकम वितरण गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णय सार्वजनिक नगरी लुकाएको छ । यसैगरी बैठकले गरेका कतिपय निर्णय विभिन्न मन्त्रीहरूको स्वार्थसँग गाँसिएका रहेको सरकारी स्रोतले बतायो। सरकारी मापदण्डविपरीत शाही कालमा मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई २५ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ । सुशासन ऐनअनुसार सरकारले भीआईपीलाई उपचार खर्च दिनैपरे बढीमा १५ लाख रुपैयाँ मात्र दिन पाइन्छ ।

सार्वजनिक प्रशासन जनमुखी, जवाफदेही, पारदर्शी बनाई भ्रष्टाचारमुक्त र चुस्त प्रशासन कायम गरी सर्वसाधारणलाई सुशासनको प्रत्याभूति गराउन सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ कार्यान्वयन गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत अधिकांश मन्त्रालय र सरकारी कार्यालयले नै सुशासन ऐनको खुलेआम बेवास्ता गर्दै आइरहेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments