शीप बिल्डिङ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

शीप बिल्डिङ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन 


२२ पुस २०८०, आइतबार


काठमाडौँ । दक्षिण कोरिया जान पानीजहाज निर्माण (शीप बिल्डिङ) को परीक्षामा सहभागी २० हजार ९०४ जनाले उत्पादन क्षेत्रतर्फको परीक्षाका लागि आवेदन दिएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पुस २० गतेसम्म उनीहरूले आवेदन दिएका हुन्।

शाखाका अनुसार शीप बिल्डिङका लागि भाषा परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाको संख्या ३० हजारभन्दा बढी थियो।

कोरियाको उत्पादन क्षेत्रका लागि यसअघि नै एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस