२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । 

गठबन्धनको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए ।

मंगलबार र बुधबार बिहान काँग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो । एमालेलाई समेट्नेबारे काँग्रेस र माओवादी केन्द्रबिच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरूलाई सुनाइएको थियो । त्यसपछि प्रधानमन्त्री ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो ।

आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, काँग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३-३ सदस्यका लागि निर्वाचन हुने छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।