२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटामा विश्वविद्यालय होइन, तत्काल १०० शय्याको अस्पतालमा जोड दिउ : स्वास्थ्यमन्त्री

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्वविद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् ।

सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे । पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए ।

‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ’, मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्व विद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ ।’

उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए । उनले भने, ‘सुरुमा १ सय बेडको राम्रोसँग चलाउनु पर्छ त्यसपछि ३ सय बेड सुरु गरेपछि विश्वविद्यालय सञ्चालन गर्न मद्दत पुग्छ ।’ उनले विश्व विद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गरे ।

‘एकै वर्षमा बन्ने प्रोजेक्ट होइन । एक सय बेड चलाउन समस्या छैन अब तीन सय बेड चलाउन सक्ने अवस्थामा आए मात्र विश्व विद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा आउँछ,’ उनले थपे ।

आइतबार धनगढी पुगेका मन्त्री बस्नेतले धनगढी पुगे लगत्तै प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका थिए ।

‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ’, उनले भनेका थिए ।