२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कम्युनिष्टहरूसँग यसरी नै सहकार्य गरिरहे काँग्रेसको अस्तित्व सङ्कटमा पर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व सङ्कटमा पर्न सक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौँ भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर काँग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौँ या वडा समिति तपाईँहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

उनले युवाहरूमा बढ्दो महत्त्वाकाङ्क्षा भएको भन्दै राजनीति गर्नेहरूसँग संस्कार र नैतिकता नभएकाले अहिलेको अवस्था आएको बताए । शेखरले भने, ‘देश र काँग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैँमा रमाइरहेका छौँ । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त ?’

काँग्रेसलाई पहिलेकै अवस्थामा फर्काएर केन्द्रदेखि वडासम्म एक्लै चुनाव लडे काँग्रेसको भविष्य रहेको बताए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले भने, ‘निर्वाचनअघि गठबन्धन हुने भए लोकतान्त्रिक शक्तिहरूसँग मात्रै हुन्छ । कम्युनिष्टहरूसँग हुँदैन । चुनावपछि जरुरत पर्छ जाऔँ ।’

उनले यो सरकार परिवर्तन गरेर काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए ।