२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ : चित्रबहादुर केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटना पीडितलाई १० लाख क्षतिपूर्ति दिएर समस्या समाधान नहुने बताएका छन् ।

बालकुमारी घटनाबारे आज राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितहरूलाई १० लाख दिएर समस्या समाधान नभई झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग गरे ।

उनले भने,‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ । किन प्रहार भइरहेको छ ? हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर नेपाली जनतालाई के दियौँ? अब पीडितहरूलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन । अरु यस्ता पीडित थपिन्छन् । त्यसैले सरकारले उहाँहरूको परिवारको रेखदेख गर्नुपर्छ । जसले गल्ती गरेको छ छानबिन गर्नुपर्छ ।’

उनले सो घटना नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशङ्का व्यक्त गरे ।

उनले भने,‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ । यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो । यहाँ यो नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है,जसरी हामीले यो घट्नालाई सोझो पारामा हेरिरहेका छौँ त्यो नहुन सक्छ ।’ उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबिन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे।