२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इंग्लिस प्रिमियर लिग : फुलह्यामसँग आर्सनल पराजित

अ+ अ-

काठामडौँ । इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलह्यामसँग पराजित भएको छ ।

आइतबार राति सम्पन्न खेलमा सुरुआती अग्रता लिएको आर्सनलले अन्तिममा १-२ को नतिजा सुम्पिन वाध्य भएको हो ।

यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा रहँदा जित निकालेको फुलह्याम १३ औं स्थानमा उक्लिएको छ ।

फुलह्यामविरुद्ध आर्सनलले सुरुआती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए । उनले टम केरिनीको पासमा गोल गरेका थिए ।

यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २-१ ले जित दिलाए । प्रिमियर लिगमा लिभरपुल ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा एस्टन भिल्ला समान अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी र आर्सनलको समान ४०-४० अंक भए पनि गोल अन्तरमा सिटी तेस्रो स्थानमा रहेको छ ।