२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज ४८ औँ मेलमिलाप दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

अ+ अ-

काठमाडौँ । आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ । 

काँग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर काँग्रेसले यो दिवस मनाउने गरेको हो । 

काँग्रेसले यसवर्ष ४८ औँ मेलमिलाप दिवसको सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा काठमाडौंमा मेलमिलाप र अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

कार्यक्रममा काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाएको छैन । महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउनेहरू बढ्दै गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता ठानेर मेलमिलाप दिवसमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनका अनुसार विगतमा कोजाग्रत पूर्णिमा र चियापानमा मात्रै एक ठाउँमा हुने दलहरूले राष्ट्रिय राजनीतिका साझा मुद्राहरूमा समेत दलहरू एकै ठाउँमा छन् भन्ने सन्देश दिन काँग्रेसले यस्तो प्रयास गरिरहेको हो ।