२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ वटा माछा-मासु पसल अनुगमन गर्दा ६ वटामा कैफियत

अ+ अ-

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भएको अनुगममा ६ वटा माछा-मासु पसलमा कैफियत देखिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टोलीले जमुनाह र धम्बोजी आसपासका  ९ वटा  माछा-मासु पसलको आकस्मिक अनुगमन गर्दा ६ वटामा कैफियत पाइएको हो । कैफियत पाइएका पसललाई जरिवाना समेत गरिएको छ । बिल-बिजक बिना कारोबार गरेको मो.सरिफ फ्रेस हाउसलाई बिस हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

उक्त पसलबाट खान अयोग्य रहेको खसिको मासु ७ किलो, कुखुराको मासु ३.८ किलो जफत गरी नष्ट गरिएको छ छ । बिल-बिजक नभएकोले अल्लाह बिष्मिल्लाह फ्रेस हाउसलाई दश हजार रुपैयाँ जरिवाना गरिएको छ । सुफियाना फ्रेस हाउसलाई बिल-बिजक नभएकोमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । मंगुर माछा ३ किलो, खान अयोग्य कुखुराको मासु २.५ किलो र माछा २९ किलो जफत गरी नष्ट गरिएको छ ।

हाम्रो फ्रेस हाउसलाई बिल-बिजक बिना कारोबार गरेकोले बिस हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलबाट खान अयोग्य खसिको मासु ११ किलो र कुखुराको मासु ३.५ किलो नष्ट गरिएको छ ।

अनुगमन टोलीलाई देखेर जमुनाह इलाकाका २ खुल्ला  बिक्रेता फरार भएका छन् । बिक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार बिक्री स्थलमा रहेको ८ हजार २ सय ८० रुपैयाँ नगद, नोकिया मोबाइल सेट –१ र माछा काट्ने औजार, ढक तराजु २ थान बरामद गरिएको छ ।