२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

अ+ अ-

भरतपुर । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ।

कालिका नगरपालिका-१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन्।

जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए।

उनले भने, ‘बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौं।’

उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।

‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ’, कलारामले भने, ‘चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ।’

चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ। चिउरी असारमा पाक्छ। साउनमा टिप्ने गरिन्छ। उनले भने, ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौं।’

एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको कलारामले बताए। ‘यसको बजार भाउ छैन। तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्’, उनले भने।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रूपमा समेत प्रयोग गर्ने गरेको बताए।

‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौं’, उनले भने।

बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताए। घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रूपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए।

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसी बाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ। चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिँदै गएको छ। चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ। अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ।

कालिका( १० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए। ‘अरू तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन’, उनले भने, ‘यसको महत्त्वबारे बुझाउनुपर्ने आवश्यकता छ।’

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ।