२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर महर्जनले भने-महानगरअगाडि उभिएर ईःले स्टन्टबाजी गरे

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएर अभियन्ता ईःले स्टन्टबाजी गरेको मेयर चिरीबाबु महर्जनले बताएका छन्।

फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै मङ्गलवार दिउँसो ३ बजे प्रदर्शन गर्न महानगरअगाडि पुगेका ईःलाई इङ्गित गर्दै मेयर महर्जनले उक्त कुरा बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेर आज कार्यालयअगाडि अप्रत्याशित रूपमा स्टन्टबाजी गर्दै प्रदर्शन गरेको बताए । 

गत मङ्गलवार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि लगनखेल फुटपाथ पसल निषेधित क्षेत्र हुने भनेको थियो। तर केही विरोधका स्वरहरू आएपछि ती समस्या कसरी सम्बोधन गर्ने भनी छलफल गरिरहेका बेला ईःले कुरा नबुझी विरोध गर्नु अपरिपक्व निर्णय भएको मेयर महर्जन बताए।

‘फुटपाथ व्यापारीलाई नगरपालिकाले प्रोत्साहन गरेको केही उदाहरण दिँदै उनले थपे, ‘पुलचोक, जावलाखेल, एकान्तकुना र लगनखेलका धेरै भागहरूमा फुटपाथ व्यापार गर्न दिइएको छ। पहिले त्यहाँ दिउँसो पनि व्यापार हुन्थ्यो। तर अहिले समय तोकेर व्यवस्थापन गरी गर्न दिएका छौँ।’

मेयर महर्जनका अनुसार काठमाडौँको फुटपाथ व्यापार बन्द गरेर व्यवस्थापन नगर्दा ललितपुरमा व्यापार गर्न आउनेको संख्या बढेको छ। यसको चाप मंगलबजारदेखि लगनखेलसम्म देखिएको उनले बताए।

मंगलबजारदेखि लगनखेल जाने ६०० मिटर बाटोको चौडाइ सानो छ। पाटन दरबार परिसर घुम्न आउने पर्यटकलाई समेत हिँड्न कठिन भइरहेको छ। त्यसैले सुधारको थालनी गरेको र फुटपाथ व्यवसाय शतप्रतिशत प्रतिबन्ध गर्न नखोजेको उनले बताए।