काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो ।
काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।
बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हेर्नुस् सूचना :
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2023/12/image-15.png?resize=720%2C945&ssl=1)