२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारको मुद्दामा आरोपितलाई जेलमा कोचिएको छ, दोषीलाई छाड्ने नीति छैन’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमा संलग्नलाई सरकारले धमाधम कारबाही गरिरहेको बताएका छन् । रोल्पाको लिवाङमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् ।

‘भ्रष्टाचारमा लागेकालाई मेरो नेतृत्वको सरकारले कारबाही गर्दै आएको छ, ‘प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारको मुद्दामा आरोपितलाई जेलमा कोचिएको छ । दोषीलाई छाड्ने नीति छैन ।’

उनले नक्कली भुटानी शरणार्थी बनाउने घृणित कार्यलाई रोक्न सरकार भित्रैदेखि लागेको समेत बताए । यस्तै ललिता निवास काण्ड र सुन काण्ड समेतमा आरोपितलाई बयान लिने र छानबिन गर्ने कार्यलाई अघि बढाइएको उनको स्पष्टीकरण छ ।

सरकारले सामाजिक सुरक्षा र सामाजिक न्यायका पक्षमा राम्रोसँग काम गर्न थाल्दा अवरोध आएको प्रधानमन्त्री दाहालले गुनासो गरे । सरकारले रेमिट्यान्स भित्र्याउन पहल गरेको उनले बताए। ‘२२ प्रतिशतले रेमिट्यान्स बढेको छ । त्यस्तै राजस्व पनि बढेको छ, उनले भने ।

नेपालको अर्थतन्त्र बिस्तारै आफ्नो लयमा जान थालेको र छिटो आर्थिक सम्मेलन आयोजना गर्ने उनले घोषणा गरे । तिहारपछि आर्थिक अवस्थाको समीक्षा गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको प्रधानमन्त्री दाहालले बताए ।

दाहालले सत्तामा रहेका र अन्य दलका बीचमा समाजवाद निर्माणको आधार तय गर्ने काम सफल भएको दाबी गरे । ‘जनयुद्धको आधार क्षेत्र र क्रान्तिस्थल रोल्पाबाट म सबैसँग समाजवाद निर्माणका लागि आह्वान गर्छु, उनले भने, ‘त्यसका लागि रोल्पालीले फेरि एक पटक साथ दिनुहोला । नयाँ संविधान निर्माण गर्‍यौँ, निर्वाचन गर्‍यौँ र अब विकास गर्ने हो ।’

उनले आफू प्रधानमन्त्री भएपछि भारतसँग पहिलो पटक सीमाबारे संवाद भएको खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस