भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन स्वयंसेवक खटाउने एमालेको निर्णय « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन स्वयंसेवक खटाउने एमालेको निर्णय


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले) ले भूकम्प प्रभावित जाजरकोट लगायत जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको छ।

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो। ‘मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनु हुनेछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एक करोड रुपैयाँ बढीको हामीले श्रमदान गर्नेछौँ।’

उनले हजारौँ टहरा बनाएर नागरिकहरूलाई हस्तान्तरण गरिने बताए। ०७२ को भूकम्पका बेला पनि एमालेले ५० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस