२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

अ+ अ-

काठमाडौं । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन् । निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार–प्रसार गर्न नपाइने बताए । मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार–प्रसार गर्न भने दलहरूलाई छुट छ । आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ ।

‘पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशनरप्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई प्रभाव पर्ने भएकाले यो अवधिमा आचारसंहिताविपरीतका सामग्री प्रकाशनरप्रसारण नगर्न आग्रह गरिएको छ’, प्रवक्ता ढकालले भने ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न आयोगले भनेको छ। आयोगले मौन अवधिमा सञ्चारमाध्यममार्फत उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाएको छ। पहिलो चरणको अन्तिम प्रचारका लागि दलका शीर्ष नेताहरू विभिन्न ठाउँ खटिँदै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार ६ नम्बर प्रदेशका रुकुम, रोल्पा र कालिकोटका चुनावी सभामा सहभागी हुँदै छन् । प्रधानमन्त्री देउवा ती जिल्लाका चुनावी सभा सकेर साँझ काठमाडौं फर्कनेछन् ।

एमाले वरिष्ठ नेता माधव नेपाल वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न नुवाकोट जाँदै छन् । महासचिव ईश्वर पोखरेल पनि नुवाकोट जाने तयारी रहेको एमाले नेता विष्णु रिमालले जानकारी दिए। नुवाकोटको ढिकुरे बजारमा कांग्रेसले पनि चुनावी सभा राखेपछि स्थानीय प्रशासनले त्यहाँ निषेधाज्ञा जारी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने छोरा स्व.प्रकाश दाहालको काठमाडौंमा श्रद्धाञ्जली सभा हुने भएकाले जिल्ला जाने कार्यक्रम नरहेको उनको सचिवालयले जनाएको छ । दाहाल पुत्रशोकमा परेपछि संयुक्त चुनावी सभामा माओवादी केन्द्रबाट नेता रामबहादुर थापा सहभागी हुन थालेका छन् ।

एमाले अध्यक्ष केपी ओली मेची–काली संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दैलेख र सुर्खेत जाँदै छन् । यी जिल्लामा भने दोस्रो चरणमा निर्वाचन हुँदै छ । ‘अध्यक्षको पूर्वनिर्धारित कार्यक्रम हो’, नेता रिमालले जानकारी दिए। माओवादी केन्द्रका नेता रामबहादुर थापा पनि ओलीसँगै संयुक्त चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पहिलो चरणमा चुनाव हुन लागेकाले दुवै नेता जिल्लामै छन् । मंसिर १० मा मतदान भए पनि गणना भने दोस्रो चरण निर्वाचनपछि मात्र सुरु हुनेछ । आयोगले पहिलो चरणको परिणामबाट दोस्रो चरणको चुनाव प्रभावित नहोस् भनेर मतगणना एकैसाथ गर्ने निर्णय लिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments