शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिल


२ कार्तिक २०८०, बिहिबार


नेपाल आयल निगम

काठमाडौँ । काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।

केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।

सो अनुगमन टोलीले मङ्गलवार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।

मङ्गलवार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलङ्कीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस