२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकको कार्यालय धनगढीबाट झिकियो सवा अर्ब रुपैयाँ

अ+ अ-

काठमाडौँ । दसैँका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ ।

नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो ।

२८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका राष्ट्र बैंकको धनगढी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन् ।

बैंकहरूले राष्ट्र बैंकमा जम्मा गरेको रकम ग्राहकहरूको मागअनुसार नै झिकेकाले दसैँमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरूको घुइँचो नै लागेको छ । असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दसैँका लागि नयाँ नोट साट्न आउनेहरूको घुइँचो लागेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ ।

अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ । राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस