१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण

अ+ अ-

काठमाडौँ, । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ । 

सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । 

लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताइन् । “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,”उनले भनिन् । 

पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पुर्‍याएको उल्लेख गरिन् । चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यकारले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो । 

पुस्तकका लेखक, पूर्वप्रधानमन्त्री चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताए । उक्त कृतिलाई उपन्यासको रूपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको उनले बताए । पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस