शेखरलाई मनाएर आए कोशीमा मुख्यमन्त्री छाड्न तयार छौँ : ‘प्रचण्ड’ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शेखरलाई मनाएर आए कोशीमा मुख्यमन्त्री छाड्न तयार छौँ : ‘प्रचण्ड’


२६ आश्विन २०८०, शुक्रबार


फोहर व्यवस्थापन

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

कोशीमा गठबन्धनले माओवादी इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध काँग्रेस नेता डा. शेखर कोइरालाले विद्रोह गरेपछि नेताहरू बालुवाटार पुगेका हुन् ।

कोइरालाले आफू निकट केदार कार्कीलाई एमालेको समर्थनमा दाबी पेश गर्न लगाएका छन्। बालुवाटार बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेसबाट सर्वसम्मत भएर जसको नाम आए पनि आफू मान्न तयार रहेको बताएको एक नेताले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले काँग्रेसमा विवाद देखिएको तर काँग्रेसले उम्मेदवार सर्वसम्मत गराए आफूहरूको समर्थन रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस