कोशी काँग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कोशी काँग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफ्नो पदबाट राजीनामा दिएका छन्। हालको नयाँ सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।

उनले भनेका छन्, ‘विविध कारणवश म उक्त जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’

उनले आगामी दिनमा नेपाली काँग्रेस प्रदेशसभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने पनि बताएका छन्। 

उनले नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको विधान अनुसार संसदीय दलका नेताले आफूलाई संसदीय दलको उपनेतामा मनोनयन गरेकोमा आभार व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस