काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पछिल्लो समयमा सरकारहरू स्वेच्छाचारी देखिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै एमाले ओलीले सरकार विकास विरोधी रहेको पनि बताए ।
सरकार जनताप्रति अनुत्तरदायी रहेको बताए । ‘काँग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईँ हामी सबैले देखेका छौँ, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेग्लै हो । वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैर जिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्, ’उनले भने, ‘विकास विरोधी देखिएका छन् । विकासका कामहरूलाई ठप्प पारेका छन् ।’
चालु आयोजना रोकिएको र काम सम्पन्न भएकालाई भुक्तानी नदिइएको ओलीको भनाइ थियो । निर्माण व्यवसायीको पैसा भुक्तानी नहुँदा समस्या आएको उनले बताए ।