काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ ।
महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो ।
अहिले भरतपुर महानगरपालिकामा ४७ जना नगर प्रहरीहरू कार्यरत छन् । प्रहरी निरीक्षकको कमाण्डमा रहेको नगर प्रहरी अब डिएसपीको कमाण्डमा ७७ जना हुनेछन् ।
नेपालीका अनुसार भरतपुरमा छानिने डिएसपी अब नगर प्रहरी प्रमुख हुनेछन् ।