२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताका लागि महिन्द्र यादवलाई माओवादीको पत्र

अ+ अ-

काठमाडौँ । वामपन्थी दलहरूसँग एकताको पहल गर्दै आएको नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई एकताका लागि भन्दै पत्र पठाएको छ।

माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले संयुक्त रूपमा पठाएको पत्रमा सम्बोधन भने अर्का अध्यक्ष महिन्द्र राय यादवलाई गरिएको छ।

दुई जना अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीमा पहिलो वरीयताका अध्यक्ष बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादव छन्। यादव सरकारका खानेपानी तथा सरसफाइ मन्त्रीसमेत हुन्।

‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र छोडेर संसदीय राजनीतिबाट बाहिरिएका बाबुराम भट्टराईले बृहत् समाजवादी मोर्चा निर्माण गर्नुपर्ने बताउँदै आएका थिए। तर माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाको सहकार्यमा समाजवादी मोर्चा बन्दा भट्टराई भने त्यहाँ समेटिन सकेनन्।

मोर्चा निर्माण यता नै प्रचण्ड र भट्टराईका बीचमा तिक्तता सुरु भएको थियो।

सोही तिक्तताको असर पार्टी एकताका लागि गरिएको पत्राचारमा समेत देखिएको हो। माओवादीका महासचिव देव गुरुङले पार्टी एकताका लागि यादवले नै छलफल गरिरहेकाले उनलाई पत्राचार गरिएको बताए।

पत्रमा पार्टी एकताका लागि विभिन्न चरणमा भइरहेको छलफलको सन्दर्भ उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस