तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल-चीन उत्तरी मुख्य परम्परागत व्यापारिक तातोपानी नाका साढे आठ वर्षपछि सर्वसाधारणको लागि खुला गरिएको छ।

शुक्रबारसम्म २ सय २७ स्थानीयले यस्तो पास पाएका छन् । एक वर्ष समय अवधि रहने प्रवेश पासको आधारमा तिब्बती क्षेत्र छिर्न र घुम्न पाइने बताइएको छ।

विगतमा यस्तै पासको आधारमा दुबै देशका स्थानीय सीमा क्षेत्रबाट ३० किमी क्षेत्र आवतजावत गर्थे। राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो नाका विनासकारी भूकम्पअघिकै अवस्थामा भने अझै सञ्चालनमा ल्याइएको छैन। मानवीय आवागमनलाई अझै सीमित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस