२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर ढुक्कसँग मर्ने रहर छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनको उत्तरार्धमा केही राम्रा कामहरू गरेर जाने र नेपाली जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताएका छन्।

शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मेरा कामहरू आउने पीढीले याद गरुन् र अब त ढुक्कसँग मर्ने मात्रै रहर छ ।’

प्रधानमन्त्री दाहालले सभालाई सम्बोधन गर्दै मधेस प्रदेश र कर्णाली प्रदेशमा विकाश गरिए मात्र नेपाल विकसित हुने बताए। उनले सुदूर पश्चिम र मधेसको विकासमा आफ्नो विशेष ध्यान रहेको उल्लेख गरे।

मधेस प्रदेशमा धेरै वर्ष काम गरेको र यहिका जनताको भोटबाट चुनाव जितेर प्रधानमन्त्री बनेकाले यस प्रदेशका लागी गर्न पर्ने कामको जिम्मेवारी आफूलाई जानकारी भएको उनले बताए। अहिले मधेस प्रदेशको सिँचाइको निम्ति मरिन डाइभर्सनको कार्य तीव्र गतिमा अगाडी बढाउने र चुरेको दोहन प्रक्रिया रोक्न आफू गहिरो अध्ययनमा रहेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा ठोस र उल्लेखनीय काम गरेको दाबी गरे। नेपालको शैक्षिक अवस्था सुधार गर्नका लागी अबको सरकार शिक्षा ऐनमा नयाँ ढङ्गले जाने आगामी योजना रहेको उनले बताए।

साथै नर्सिङ कलेज बन्द गराउने तथा नेपाललाई केही वर्षमा नर्स विहीन बनाउनेका विरुद्ध एउटा योजना र अभियानको सुरुवात गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस