काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ ।
लामो समयदेखि पार्टी गतिविधिमा अनुपस्थित भएको भन्दै थापालाई स्पष्टीकरण सोधिएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागेको प्रचार विभागले जनाएको छ ।
गत जेठमा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा थापा छुट्टीमा रहेको उल्लेख गरिएको थियो । एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनी टिप्पणी गरेपछि अध्यक्ष केपी शर्मा ओली उनीसँग रुष्ट रहेका थिए ।
ओलीले नेतृत्वमा रहेको मानिसले दक्षिणपन्थी भनेपछि कसरी सँगै काम गर्ने भन्ने प्रश्न गरेसँग थापा एमालेका गतिविधिहरूमा कमै उपस्थित हुन थालेका थिए ।