गजल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गजल


४ कार्तिक २०७४, शनिबार


तस्बिरहरू दिलमा बसेदेखी
बहाना महेफिलमा बसेदेखी

पल–पल सताउछन् यादहरु,
सम्झना भित्री फिलमा बसेदेखि

जल्छ मन पोल्छ यो छाती यसरी
आँशु परेलीको डिलमा बसेदेखी

मेटाउन सकिन यी चोटहरू
निशानी बनी खिलमा बसेदेखी

फस्टाउन थाले यी बजारहरू
खुशीहरू सबै बिलमा बसेदेखी

प्रतिक्रिया दिनुहोस