२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिभाइसमार्फत चिट चोरीः गिरोहका थप ८ पक्राउ

अ+ अ-

काठमाडौं । सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप आँठ सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो ।

शनिबार चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षाका निम्ति १७ परीक्षा केन्द्र तोकेको थियो । प्रहरीका अनुसार गिरोहका सदस्यले प्रविधिको प्रयोग गरी सेटिङमा चिट चोराउने काम अधिकांश केन्द्रमा गरेका थिए ।

प्रहरीका अनुसार अधिकांश अभिभावक नै आफ्ना छोराछोरीलाई जसरी पनि डाक्टर बनाउने उद्देश्य राखेर चिट चोराउने गिरोहसँग मोलमलाइमा पुगेको देखिन्छ । प्रवेश परीक्षा पास गराइदिएबापत गिरोहका सदस्यलाई दुईदेखि पाँच लाखसम्म बुझाएको विद्यार्थीहरूले बताएका छन् । काठमाडौं प्रहरी परिसरले पक्राउ परेकामध्ये दस जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । सौरभ कुमार, समीर कुमार झा, नवराज निरौला, देवेशकुमार झा, शैलेशकुमार झा, आशुतोषकुमार झा, अजय यादव, हिरेन्द्र शर्मा, मुकेश झा र सुविस देवमाथि मुद्दा चलाइने भएको छ । प्रहरीले डिभाइससहित पक्राउ परेका चार विद्यार्थीलाई भने जाहेरवाला बनाएको छ ।

यस्तै, पप्पु यादवका नाममा नक्कली विद्यार्थी बनेर जाँच दिइरहेका ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादवलाई भने किर्तेको आरोपमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी परिसरले सबैलाई पाँच दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने भएको छ । अजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments