काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ ।
नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ । बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना नेपाल प्रहरीले पाएको छ । यही बेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीले पाएको छ ।
‘केही दिनअघि आत्मदाहका लागि तीनजना तिब्बती शरणार्थी काठमाडौं आएको भन्ने सूचना भएका छौं,’ एक प्रहरी उच्च अधिकारीले भने, ‘तर, प्राप्त हुलियाहरु खोजी गर्दा उनीहरु
फेला गरेका छैनन् ।
आत्मदाहको सूचनापछि बौद्ध स्तुपा क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै जावालाखेल, स्वयम्भू क्षेत्रमा पनि निगरानी बढाइएको छ । राजधानीका गुम्बाहरुमा पनि सतर्कता बढाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।