काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छन्।
आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न गरेपनि जनताको जीवनमा परिवर्तन गर्न बाँकी रहेको बताएका हुन्।
उनले भने, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्यौं। अब अर्को महत्त्वपूर्ण काम गर्न बाँकी छ, जनताको जीवनमा आमुल परिवर्तन गर्ने, जनताको जीवन सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने काम बाँकी छ। जनतालाई समानता र अवसर दिनुपर्छ।’