मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरुपयोग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरुपयोग


२९ आश्विन २०७४, आइतबार


काठमाडौं । सहकारी विकासमन्त्री प्रभु शाहले लेखेको पुस्तक विक्रि गर्न सरकारी गाडीको दरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेशी मुक्तिका आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् । शनिबार बिहान बा. २ झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो ।

उक्त गाडीमा शशिभूपाण शाह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरे । तर, उनी मन्त्रीको पुस्तक बिक्रीका लागि सरकारी गाडी प्रयोग गरेको विषयमा केही बोलेनन् ।

स्रोतका अनुसार एक साताअघि नै उक्त गाडी लिएर सचिवालयका कर्मचारी व्यक्तिगत पुस्तक बिक्रिका लागि काठमाडौंबाट मधेस झरेका हुन् । सचिवालयका कर्मचारी पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लामा पुस्तक बेचेर शनिबार सिरहा आइपुगेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस