जनप्रतिनिधिले हिसाब खोजेपछि बिलभरपाई गायब « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जनप्रतिनिधिले हिसाब खोजेपछि बिलभरपाई गायब


२६ आश्विन २०७४, बिहिबार


बर्दिबास । जनप्रतिनिधिले महोत्तरीको गौशाला नगरपालिकामा भएको अनियमितताको छानबिन सुरु गरेका छन् ।

विभिन्न कर स्वरुप थोपाथोपा गरी नगरपालिकामा जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन थालिएको हो । जनप्रतिनिधिले नगरपालिकाको हिसाबकिताब खोज्न थालेपछि कर्मचारीमा खैलाबैला मच्चिएको छ ।

गौशाला नगरपालिका तत्कालीन कार्यकारी अधिकृत शम्भु ठाकुर, लेखापाल नर्भेस राय, लेखासाहायक मनोज चौधरी, प्रशासन फाँटका सुदीप बराल सहितका नगरपालिका कर्मचारीको मिलोमतोमा नगरपालिकाको २ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको नगरपालिकाका अधिकृत रामजी जोशीले बताए ।

साउन १ गतेदेखि भदौ १२ गतेभित्र २ करोड ६४ लाख रुपैयाँ अनियमित ढंगले खर्च गरिएको भन्दै छानबिन थालिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस