२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

अ+ अ-

बेँसीशहर । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

लमजुङ सदरमुकाम बेँसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो । गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

चालकसहित १२ जना सवार जिप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य दुई नेपालीसहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिए ।

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ । जिप बेँसीशहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएको छ ।

बेँसीशहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस

0 Comments