ईपीजीको विषयमा मैले आफ्नो तर्फबाट कुरा राखेको छु : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ईपीजीको विषयमा मैले आफ्नो तर्फबाट कुरा राखेको छु : प्रधानमन्त्री प्रचण्ड


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताएका छन् ।

शनिबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका हुन् ।

उनले भने, ‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढङ्गले कुरा नगरेको छैन, आफ्नो ढङ्गले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वातावरणलाई सहज बनाउँदै लैजाँदाखेरि सबै चिज हुँदै जान्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस