सीमा विवादबारे भारतसँग खुलेरै छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सीमा विवादबारे भारतसँग खुलेरै छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन्।

शनिबार (आज) साँझ मात्रै स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका हुन् ।

उनले भने, ‘सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्‍यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’

आफूले सीमा समस्या समाधान नभए नेपाल–भारत सम्बन्ध सहज नहुने बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस