धादिङमा गुडिरहेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धादिङमा गुडिरहेको बसमा आगलागी


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौँ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी-९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।

बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जानकारी दिएको छ । बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् ।

दमकल र स्थानीयवासीले आगो निभाए पनि बस भने जलेर काम नलाग्ने अवस्थामा पुगेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस