नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउने गृहमन्त्रीको प्रतिबद्धता


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

बुधबार सिंहदरवारमा शीर्ष नेताहरूको बैठकपछि निस्किँदै गर्दा सञ्चारकर्मीमाझ बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छौँ। अनुसन्धानले माग गर्ने हदसम्म, आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरू थप अनुसन्धानको निम्ति तानिनुभएको छ, यसलाई हामी निष्कर्षमा पुर्‍याउँछौँ। सुशासन स्थापित नगरीकन, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन बिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। समृद्धिको पूर्वसर्त हो सुशासन भन्ने हाम्रो दृढ मान्यता छ।’

Tags :
प्रतिक्रिया दिनुहोस