माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल 


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ । 

मङ्गलवार दिउँसो समाजवादीको पार्टी पार्टी कार्यालय आलोकनगर पुगेका गौतमले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी एकताबारे छलफल गरेका हुन् । एमाले छाडेपछि गौतमले राष्ट्रिय एकता अभियानको नाममा छुट्टै राजनीतिक पार्टीको अभ्यास गरिरहेका छन्।

उनलाई आफ्नो पार्टीमा ल्याउन नेपालले पटक पटक प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन। तर पछिल्ला छलफल सकारात्मक हुँदै गएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस