१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राज्यका तीन निकायमा महिला पुग्नु जनयुद्धको देन’

अ+ अ-

प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका तीन महत्वपूर्ण निकायमा महिलाको नेतृत्व स्थापित हुनु सशस्त्र जनयुद्धको परिणाम भएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को राष्ट्रिय एकता भेलालाई यहाँ आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राज्यका पाँच महत्वपूर्ण निकायमध्ये तीन निकायमा महिलाको नेतृत्व पाउनु इतिहासकै महत्वपूर्ण उपलब्धि भएको बताउँदै भन्नुभयो, “अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाको बलियो उपस्थिति छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख तीनै जना महिला हुनुहुन्छ । नेपालमा जनयुद्ध हुँदैनथ्यो भने यो सम्भव थिएन । यो नेपाली जनयुद्धको देन हो ।”

प्रधानमन्त्री दाहालले वर्तमान सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलालाई आग्रह गर्नुभयो । नेपालको संविधानले स्थानीय निकायमा अनिवार्य रुपमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेकाले पनि अधिकार प्राप्तिका लागि थप सहजता भएको बताउनुभयो ।

प्रधानमन्त्रीले महिला विभाजित हुँदा परिवर्तनको आन्दोलन र कार्यसूची कमजोर हुन पुगेको छ भन्दै एकताले त्यसमा ऊर्जा प्रदान गर्ने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्रीले नयाँ सरकार गरिबका पक्षमा रहेकामा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरिबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितका पक्षमा छ भन्ने प्रमाणित भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जयपुरी घर्तीले पितृसत्तात्मक सोचका कारण नेपाली महिला पछाडि पर्दै आएको, घरेलु हिंसामा पर्नुपरेको र अधिकार दिनसमेत नचाहेको भन्दै आगामी दिनमा थप सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । नेत्री शान्ता राई, उर्मिला अर्याल, रेखा शर्मा, अमृता थापा मगर, देवी खड्का लगायतले अझै पनि राज्यका विभिन्न निकायमा महिलाको उचित प्रतिनिधित्व गराउन सङ्घर्ष नै आवश्यकता रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस