काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल गरेका छन् ।
प्रधानमन्त्रीले शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।
सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।
बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।