२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटा, बिटा र ठिटाको राजनीति नगरी चुनाव जितियो : स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ र चितवनका जनताले कागजको विद्रोह गरेको बताएका छन् । वाग्लेले शनिवार काठमाडौँमा रहेका तनहुँबासीलाइ धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् । 

जनताको विश्वासले चुनाव जितेको उनले बताए । 

“इटा, बिटा र ठिटाको राजनीति नगरी चुनाव जितियो, तनहुबसीले त्यो पर्खाल भत्काइ दिनुभयो,” उनले भने, “म सबै वडामा पुग्न असाध्यै मन छ, धन्यवाद दिन मन छ। वाक्क लाग्ने गरी तपाईँको घरमा आउँछु भनेको छु, म जान्छु।”

राजनीतिप्रतिको वितृष्णा र रहेको खराब भाष्य चिरिँदै जाने विश्वास व्यक्त गरे । नेताहरूको कृपा, निगाहमा गर्ने  राजनीतिको पर्खाल अब भत्किँदै जाने वाग्लेको भनाइ छ । 

नेपालले खास विकास गर्ने अबको २० देखि ३० वर्ष भित्र रहेकाले पनि अब राजनीतिक नेतृत्वले विकासका एजेन्डालाइ प्राथमिकता दिनु पर्ने उनको ठम्याइ छ । “बालुवाटारमा शीर्ष नेता ५ पल्ट बैठक बस्नुहुन्छ, तर कुनै बैठक कसरी आर्थिक अवस्था कसरी सुधार गर्ने, उद्यमशीलता बढाउने भन्ने बारेमा सुन्नुभएको छरु” नेताहरूतर्फ इंकित गर्दै भने, “उहाँहरू विन्दास हुनुहुन्छ, जेल बसेको ब्याज खान खोज्दै हुनुहुन्छ। मिटरब्याजी, शरणार्थीको कुरा त जगजाहेर नै भयो।” 

रास्वपा अब वैकल्पिक लोकतान्त्रिक धार बन्दै जाने उनले बताए। इतिहासको कालखण्डमा भातृ सङ्गठनले राम्रै काम गरे पनि अब त्यसको जरुरी नभएकाले रास्वपाले भातृ सङ्गठन नराख्ने बताए ।