२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको आपत्‌कालीन स्थिति सकियो : डब्लूएचओ

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ महामारी अब उप्रान्त विश्वव्यापी आपत्‌काल नरहेको घोषणा गरेको छ।

महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको तीन वर्षपछि सङ्गठनले शुक्रबार औपचारिक रूपमा महामारी अन्त्यतर्फ जान लागेको संकेतसहितको घोषणा गरेको हो। कोभिड-१९ को प्रकोप चीनसहित अन्य मूलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले २०७६ माघमा विश्वव्यापी रूपमा आपत्‌काल घोषणा गरेको थियो।

महामारी उचाइमा पुगेका वेला सन् २०२१ को जनवरीमा एक सातामा विश्वव्यापी रूपमा एक लाखले ज्यान गुमाएकोमा अहिले यो मृत्युको संख्या घटेर प्रति साता तीन हजार पाँच सयमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोमले महामारीबाट कम्तीमा दुई करोड मानिसको ज्यान गएको बताएका छन्।

कोभिड-१९ महामारीले संसारभरिको अर्थतन्त्र र जनस्वास्थ्यमा ठूलो सङ्कट पैदा गरेको थियो। यो महामारीपछि सुस्त भएको आर्थिक क्रियाकलापका कारण कयौँ देशका अर्थतन्त्र धराशयउन्मुख बनेका थिए।

नेपालमा पनि महामारीपछि लगाइएको बन्दाबन्दीका कारण ठूलो आर्थिक क्षति भएको थियो भने त्यसको प्रभाव अहिले पनि कायम छ। नेपालमा महामारीबाट १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन्।

सङ्गठनले कोभिड-१९ लाई आपत्कालीन सूचीबाट हटाएपछि अब संसारभरिको आवागमन र आर्थिक क्रियाकलाप थप सहज हुने अपेक्षा गरिएको छ।