२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा खरिद प्रकरणः पूर्वमन्त्री देखि वडा सचिवसम्मको मिलेमतो

अ+ अ-

काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ। समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बोलपत्रको प्रकाशनदेखि मूल्यांकनसम्म सार्वजनिक खरिद ऐनको प्रावधान बमोजिम नै आर्थिक रूपले न्यूनतम कबोल गर्ने र सारभूत रूपमा प्रभावग्राही भएको प्रस्तावदातासँग जग्गा खरिद गरिएको देखिए पनि निगमले बोलपत्रका माध्यमबाट खरिद गरेको चारवटै स्थानको जग्गामा सरकारी मूल्यांकन र चलनचल्तीको दरभन्दा बढी रकम तिरेको उल्लेख छ।

समितिले स्थलगत अध्ययन गरी सभापति भीष्मराज आङदम्बेलाई सोमबार प्रतिवेदन बुझाएको हो। उपसमितिका संयोजक सुभाषचन्द्र ठकुरीले समिति समक्ष पेस गरेको प्रतिवेदनमा जग्गा खरिद प्रकरणमा तल्कालीन आपूर्ति मन्त्री, नेपाल आयल निगम सञ्चालक समिति, निगमसम्बद्ध पदाधिकारी, टेन्डरदाता, गाविस सचिव, वडा कार्यालय सचिव, मालपोत कार्यालय लगायतका लागि कारबाहीको सिफारिस गरेको छैन।

‘जग्गा खरिद प्रकरणमा तत्कालिन सरकारको कार्यकारी प्रमुख, आपूर्ति मन्त्री, अर्थ मन्त्रालय, आपूर्ति मन्त्रालयका सचिव, निगमको सञ्चालक समिति, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु लगायतको जानकारी नभएको भन्न सकिने अवस्था देखिँदैन’, प्रतिवेदनमा उल्लेख छ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले बुझाएको प्रतिवेदन सोमबार बसेको बैठकले पारित गरेको छ । समितिका सभापति भीष्मराज आङदम्बेले पारित प्रतिवेदनमा उल्लेखित निष्कर्ष र सुझावको आधारमा आवश्यक छानविन र अनुसन्धानका लागि प्रतिवेदनसहित आपूर्ति मन्त्रालयसहित संसद्को बैठकमा पठाउने निर्णय गरेको जानकारी दिए । समितिले जग्गा खरिद प्रकरणमा कसैलाई किटानीसाथ दोषी करार गरी कारवाहीका लागि सिफारिस गरेको छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments