काठमाडौँ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता गरिने भएको छ । दैलेखको नारायण नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता दिने निर्णय गरेको हो ।
नगर कार्यपालिको निर्णय अनुसार यो स्वास्थ्य सुचाङ्क सुधारको लागि महत्त्वपूर्ण निर्णय भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । गर्भवती र सुत्केरी अवस्थामा सुरक्षित सुत्केरीका लागि आपत्कालीन अवस्थामा एम्बुलेन्स सहायता गर्ने निर्णयले नगरवासीहरू पनि खुसी भएका छन् ।
स्वास्थ्य संस्थामा सहज पहुँचको लागि निर्णय प्रभावकारी हुने नगरपालिका जनाएको छ ।