काठमाडौँमा प्राकृतिक प्रकोपबाट बच्न तयारी नै पुगेको छैन : बालेन साह « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँमा प्राकृतिक प्रकोपबाट बच्न तयारी नै पुगेको छैन : बालेन साह


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी नै नपुगेको बताएका छन्।

महाभूकम्पको आठ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उनले सार्वजनिक ठाउँ खुला राख्ने विषयमा गम्भीर बन्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘दुर्घटनाहरू सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो। अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने हो। सार्वजनिक ठाउँहरू खुला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् ।’

आठ वर्षअघिको भूकम्प सबैले बिर्सिसकेको भन्दै उनले सम्भावित प्राकृतिक प्रकोपको बारेमा तयारी गर्नुपर्ने बताएका छन्।

उनले व्यवस्थित काठमाडौँ बनाउनका लागि सबैको सहकार्य, समन्वय आवश्यक रहेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस